काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।
बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको ।
गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो ।
उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।
Comments







