काठमाडौँ —नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई पदबाट गैरकानुनी रूपमा हटाएको भन्दै कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

उनको रिट आज भने दर्ता भएन । रिट दर्ता नहुँदा बिहीबार भने सुनुवाइका लागि पेसी नचढ्ने भएको छ । 

सर्वोच्चमा बुधबार साँझ करिब ५ बजेको समयमा घिसिङको रिट पेस भएको थियाे । समय अभावका कारण आज उनकाे रिट दर्ता हुन नसकेकाे हाे ।

अदालत प्रशासनका अनुसार उनकाे रिट अध्ययनका क्रममा रहेको छ । अध्ययनपछि बिहीबार दर्ता प्रक्रियामा जानेेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।