काठमाडौँ —प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नसक्ने बताएका छन् ।

बुधबार संसद् भवनमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले सरकारले जालझालले कुलमानलाई हटाइएको बताएका हुन् । 

‘प्रधानमन्त्रीले रोस्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ ।’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।