
भाेलि अाईतबार अध्यक्ष प्रचण्डले दिक्तेल र सिम्पानीमा अायमेजना गरिने चुनावी सभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे खाेटाङ माअाेवादश्र केन्द्रले जानकारी दिएकाे छ । सदरमुकाम समेत रहेकाे दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकामा पर्छ भने सिम्पानी खाेटेहाङ गाउँपालिकामा पर्दछ ।
जिल्लाका दश स्थानिय तह मध्ये अन्यकाे तुलनामा यी दुईमा माअाेवादीले जित्ने दाबी गर्दै अाएकाे छ ।
अाफ्नाे जितकाे सुनिश्चितताका लागि प्रभावकारी बनाउन माअाेवादीले अध्यक्षलाई चुनावी सभामा निम्त्याएकाे हाे ।
यसअघि, प्रधानमन्त्री हुँदा केही महिना अघि मात्र प्रचण्ड दिक्तेल अाएका थिए । साे क्रममा उनले मध्यपुर्वी हाइवेकाे कामसहित विकास निर्माणका काम तिब्र बनाउन निर्देशन दिएका थिए । त्यसबाट विकास निर्माणका काममा तिब्रता समेत अाएकाे थियाे । काठमाडाैं पुगे लगत्तै उनले जयरामघाटकाे पुल निर्माणप्रति चासाे देखाउदै सम्बन्धित निकायलाई अाफ्नै कार्यलयमा बाेलाएर निर्देशन समेत दिएका थिए । पुल निर्माणकाे कार्य अहिले अन्तिम चरणमा रहेकाे छ ।