काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा विवाद भइरहँदा नयाँ ‘ट्वीस्ट’ आएको छ । गभर्नर नियुक्त गर्न गठित सिफरिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका हुन् । सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीे विष्णुप्रसाद पौडेलको संयोकत्वमा गत चैत ११ गते ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ अर्थविद् डा. विश्व पौडेल सदस्य रहेका थिए । गठन भएको एक महिना भइसके पनि हालसम्म एकपटक पनि समितिको बैठक बस्न सकेको छैन । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते नै सकिएको हो । नियमअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्छ ।

राजनीतिक खिचातानीले गर्दा हालसम्म पनि नयाँ गभर्नर नियुक्तिको विषय अन्योलग्रस्त देखिएको छ । भट्टराईको राजीनामा पछि यो विषय झनै विवादित बन्दै गएको छ भने अझै नियुक्त गर्न समय लम्बिने देखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।