काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा रहेका शिक्षकहरुलाई १२ को परीक्षा प्रक्रियामा सहभागी हुन भन्दै धम्की आएको जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको महासंघले जनाएको हो ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको छ ।
विगत २१ दिनदेखि काठमाडौंमा आन्दोलन जारी रहेको भन्दै महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूला आग्रह समेत गरेको छ ।
Comments