काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहयोग कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकार इलन मस्कले अमेरिकी करदाताको पैसाको दुरुपयोग रोक्ने भन्दै एमसीसी बन्द गरेका हुन् ।
एमसीसीकाे विषयमा नेपालमा चर्काे विवाद हुँदै आएकाे थियाे । राजनीतिक दल नै यसमन विभाजित बनेका थिए । संसदबाट व्याख्यात्मक टिप्पणी गरेर यसलाई पारित गरिएकाे थियाे ।
एमसीसी बन्दपछि नेपालमा सञ्चालित परियोजनाको भविष्य अन्योलमा बनेकाे छ ।
रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसले विश्वभर गरिबी घटाउन र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न भन्दै सन् २००४ मा एमसीसी स्थापना गरेका थिए । एमसीसीले विकासशील मुलुकसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता पूर्वाधारमा लगानी गर्दै आएको छ । हाल यसको बजेट वार्षिक करिब ९० करोड अमेरिकी डलर छ ।
ट्रम्प प्रशासनले यसअघि करिब ४० अर्ब डलर वार्षिक सहायता दिँदै आएको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) लाई पनि पनि विघटन गरिसकेको छ