काठमाडौँ । नीजि मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई कलेज प्रवेशमा रोक लगाएका छन् । आफुहरू विरुद्धमा आन्दोलन गरेको भन्दै नीजि मेडिकल कलेज सञ्चालकहरूले आवासीय चिकित्सकहरूलाई प्रवेशमै रोक लगाएका हुन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डाक्टर शेषराज घिमिरेले अहिले नीजि मेडिकल कलेजहरूले प्रवेश नै नदिएको बताएका छन् ।

त्यसरी आवासीय चिकित्सकहरूलाई प्रवेशमा रोक लगाउनेहरूमा काठमाडौं मेडिकल कलेज (Iकेएमसी), नोबेल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज लगायतले प्रवेशमा रोक लगाएका हुन् ।

आन्दोलनपछि कलेज गएका उनीहरूलाई पैसा पनि नदिने, पढ्न पनि नआउन भन्दै प्रवेश नदिएको उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।