काठमाडौं । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको हो ।
सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा। ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।
बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । सबै जनाको अवस्था सामान्य रहेको छ ।
Comments