काठमाडौं । टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दामा मुछिएका कांग्रेस नेता मोहन बस्नेतले आफूले टेकेजति सबै आफ्नै हुने घुर्की लगाएका छन् ।

भ्रष्टाचार मुद्दामा मुछिएपछि सांसदबाट निलम्बित कांग्रेस नेता बस्नेत आज तामझाम र कार्यकर्ताको नाराजुलुस लगाउँदै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका पुगेका थिए ।

गाउँपालिकाको चेतावनी दिएपनि बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका थिए।

झण्डै एक घण्टा बोलेका बस्नेतले आफूविरुद्ध अख्तियारले हालेको मुद्दाबारे केही नबोलेपनि माओवादी नेताका विरुद्ध चेतावनी समेत दिन भ्याएका थिए ।

लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विज्ञप्ति लक्षित गर्दै बस्नेतले भने, ‘त्यो सुवोध भन्ने लाहुरेले विज्ञप्ति निकाल्न लगाएको होला ।’ भन्दै आपत्ति जनाए ।

बस्नेतले माओवादी कार्यकर्ताहरूलाई माओवादीका छाउराहरूको संज्ञा दिँदै धेरै फुर्ती नलगाउन चेतावनी दिए । उनले आफ्नो दुवै पैतालामा रातो कोठी भएको जनाउँदै आफूले टेकेजति सबै आफ्नै हुने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।