Friday, July 31, 2026
Home मुख्य समाचार गुड्दागुड्दै आगो लागेर खरानी भयो बजाजको पल्सर बाइक

गुड्दागुड्दै आगो लागेर खरानी भयो बजाजको पल्सर बाइक

आफैं आगो लागेर जलेर नष्ट भएको पल्सर बाइक

काठमाडौं । बजाज कम्पनीको पल्सर बाइक गुड्दागुड्दै आगो लागेर खरानी बनेको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकास्थित लामाखुमा गुडिरहेको बाइकमा आफैं इन्जिन तातेर आगलागी भएको हो ।

साप्सुधाम भन्ने धार्मिक तिर्थस्थलमा जाने क्रममा बाटोमा एक्कासी बाइकबाट आगो सल्किएकाे थियाे ।

बाइकमा आगलागीपछि सवारीधनीले आगो निभाउने प्रयास गरेका थिए । तर, आगो एक्कासी झनै बढ्न थालेपछि सवारी चालकले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

पल्सर बाइकमा यसअघि पनि पटक पटक आगजनी हुने गरेको छ । बाइक चलाउने क्रममा इन्जिन तातेपछि बाइकमा आगजनी हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।