गुड्दागुड्दै आगो लागेर खरानी भयो बजाजको पल्सर बाइक

आफैं आगो लागेर जलेर नष्ट भएको पल्सर बाइक

काठमाडौं । बजाज कम्पनीको पल्सर बाइक गुड्दागुड्दै आगो लागेर खरानी बनेको छ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकास्थित लामाखुमा गुडिरहेको बाइकमा आफैं इन्जिन तातेर आगलागी भएको हो ।

साप्सुधाम भन्ने धार्मिक तिर्थस्थलमा जाने क्रममा बाटोमा एक्कासी बाइकबाट आगो सल्किएकाे थियाे ।

बाइकमा आगलागीपछि सवारीधनीले आगो निभाउने प्रयास गरेका थिए । तर, आगो एक्कासी झनै बढ्न थालेपछि सवारी चालकले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

पल्सर बाइकमा यसअघि पनि पटक पटक आगजनी हुने गरेको छ । बाइक चलाउने क्रममा इन्जिन तातेपछि बाइकमा आगजनी हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।