काठमाडौं । आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उर्जा मन्त्रीलाई नहटाए देश डुब्ने चेतावनी दिएका छन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्ने बताएका हुन् ।

‘त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांगेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर, उनीहरुले हटाउने छाँटकाँट देखिएन, बृहत जनआन्दोलन अन्तिम उपायो देखिये ।’ उनले लेखेका छन् ।
विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएपनि बिजुली जाने समस्या बढेको छ ।

घिसिङलाई हटाउन लागेको भनेर उर्जामन्त्री दिपक खड्काको सामाजिक रुपमा नै विरोध हुने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।