काठमाडाैं । भिजिट भिषा सेटिङमा लाखाैं उठाैती गरेकाे विषयमा गृहमन्त्री रमेेश लेखककाे संलग्नताकाे पाटाहरू छरपष्ट भएका छन् ।
अध्यागमनमा गृहमन्त्री लेखकले आफू निकटलाई सरूवा गरेका थिए । उनकै सचिवालयका पदाधिकारीहरू यस काण्डमा जाेडिएका छन् । पक्राउ परेकाले दैनिक ५० लाख गृहमन्त्रालयमा बुुझाउने गरेकाे बयान अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगलाई दिएका छन् ।
माथिका विषयबाट गृहमन्त्री लेेखककाे यस घटनामा कहीँ न कहीँ संलग्नता रहेकाे पुष्टि हुन्छ । सार्वजनिक रूपमा उनकाे राजीनामा माग भईरहेकाे छ । यसअघि पदमा नपुग्दा प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर अर्ति उपदेश दिने तिनै लेखक अहिले भने चुपचाप बसेका छन् ।
गृहमन्त्री रमेश लेखक कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक थिए । त्यतिबेला उनी मन्त्रीहरूमाथि प्रश्न उठेपछि ‘राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ’ भन्दै संसदमा अर्ति उपदेश दिने गर्थे । खास गरेर रास्वपा सभापति एवं तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि लेखक पटकपटक यस्ता माग गरिरहन्थे । अहिले भिजिट भिसामा विदेश पठाउँदा हुने अवैध असुलीको सेटिङ गृहमन्त्रीसम्मै भएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठ्दा उनी मौन छन् ।
यस विषयमा सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा गृहमन्त्री लेखककाे चर्काे विराेध भईरहेकाे छ ।








