काठमाडौं । आजबाट नागढुंगा–नौबिसे सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएकाे छ । सडकखण्ड मर्मत तथा सुधारकाे कामका लागि दैनिक ४ घण्टा बन्द गरिने भएकाे हाे ।
आजदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ ।
यो समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
यसअघि यो खण्डमा रातिको समयमा सवारी साधन बन्द गरेर काम हुँदै आएको थियो ।
Comments