काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा अवैध रकम असुली प्रकरणमा गृहमन्त्रीकाे चर्काे आलाेचना बढेपछि मन्त्रीकाे बचाउमा गृहमन्त्रालय लागेकाे छ ।
गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको स्पष्टीकरण गृहमन्त्रालयले शनिबार दिएको छ।
भिजिट भिसासम्बन्धी प्रकरणलाई लिएर गृहमन्त्रालयले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मन्त्रालयको संलग्नता रहेको भनी आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त समाचारहरू तथ्यहीन, भ्रमपूर्ण र आधारहीन भएको उल्लेख गरेको छ ।
मन्त्रालयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाएको छ।
विभिन्न घटनाक्रमले भने यस प्रकरणमा गृहमन्त्रीकाे संलग्नता देखाउँछ । अध्यागमनमा गृहमन्त्री लेखकले आफू निकटलाई सरूवा गरेका थिए । उनकै सचिवालयका पदाधिकारीहरू यस काण्डमा जाेडिएका छन् । पक्राउ परेकाले दैनिक ५० लाख गृहमन्त्रालयमा बुुझाउने गरेकाे बयान अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगलाई दिएका छन् ।
सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा गृहमन्त्री लेखककाे चर्काे विराेध भईरहेकाे छ ।

