काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानी छ भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हल्ला चलाएको बताएका छन् ।

आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी एकतापछि दाहाललगायतका नेताबाट आफूमाथि प्रहार भएको बताएका हुन् ।

‘कम्बोडियामा मेरो र३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्’, प्रधानमन्त्री ओलीले भने ।

नेपाल र खनाल एमाले नेतृत्वमा हुँदा राम्रोसँग पार्टी चल्न नसकेको पनि ओलीको आरोप छ । उनले अगाडि भने, ‘पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा उनीहरूलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।