काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पार्टी उपाध्यक्ष अग्नि सापकाेटाले तत्कालिन सेना प्रमुख रूक्माङ्गद कटवाललाई हटाउने निर्णय गलत भएकाे बताएका छन् ।
सेना प्रमुखकाे तीन महिना अवधी बाँकी रहँदा हटाउनु गलत भएकाे उनकाे भनाई छ ।
कृष्ण सेनकाे स्मृति दिवसकाे अवसरमा प्रेस सेन्टर नेपालले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे जनाएका हुन् ।
उनले गिरिजा प्रसाद काेइरालासँग समन्वउ गरेर अगाडि बढ्न नसक्नु पनि गलत भएकाे उल्लेख गरे ।
Comments







