काठमाडाैं । नेपाल राष्ट्र बैंककाे गभर्नर नियुक्तिकाे विषय सडकदेखि सदनसम्म विवाद र चर्चासँगै भर्खरै मात्र सेलाएकाे छ ।


गभर्नर नियुक्तिकाे विषय यति धेरै पेचिलाे बन्याे कि दुई सत्ताधारी दलकाे अडानले झण्डै सत्ता समेत धरमराउन पुगेकाे थियाे । कांग्रेस पनि अडान लिने र एमालेले पनि नछाड्ने डिपी कस्दा सरकार नै ढल्ने स्थितिमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जाेगाउन गभर्नर कांग्रेसलाई सुम्पिन बाध्य भएका थिए ।


लामाे रस्साकस्सीपछिकाे गभर्नर नियुक्तिपछि फेरि याेसँगै जाेडिएकाे एउटा पाटाे सार्वजनिक भएकाे छ ।


नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पत्नी आरजु राणाका सहोदर भाई भूषण राणाले गभर्नरका उम्मेदवारबाट पाँच करोड लिएर क्यानडा भागेका हुन् ।

भूषण राणा

एभिन्युज टिभीले याे समाचार प्रकाशित गर्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको त्याग,निष्ठा र इमान धुलिसात पार्न कार्यकर्ता होईन, उनकै धर्मपत्नी आरजु देउवा र उनका विश्वास पात्रहरू मरिमेटेर लागि परेकाे उल्लेख गरेकाे छ ।


समाचारमा भनिएकाे छ, ‘सत्य के हो भने सत्ता शक्तिको दुरूपयोग गरेर धन आर्जननै मुख्य उद्देश्य बोकेकी शेरवहादुर पत्नी आरजु राणा देउवाको खजाञ्चीले लेनदेनको चाँजोपाँजो मिलाएपछि मात्र घटनाले सार्थकता पाउँछ । पछिल्लो पटक गभर्नर नियुक्तिका लागि अर्थ संकलनमा जुटेका आरजु राणाका सहोदर भाई भूषण राणाले गभर्नरका उम्मेद्वारबाट पाँच करोड लिएर क्यानडा भागेपछि देउवा निवासमा विश्वासको संकट परेको छ ।’


एभिन्युजले देउवाकाे परिवारबाटै हुने आर्थिक माेलकाेलाईमा देउवालाई भने सुइकाे समेत नहुने समेत जनाएकाे छ । ‘रकम दिने र लिने बिचको दुरी बढेपछि संकटको गाँठो फुकाउन बिचौलियालाई हम्मे हम्मे परेको थियो। आरजु देउवाको प्रत्यक्ष संलग्नतामा हुने लेनदेनका बारेमा शेरवहादुरलाई सुईंको पनि नदिइ कारोबार हुने गरेको छ बुढानिलकण्ठ दरवारमा । देउवा दरवारको राखन धरनको साँचो भानु देउवाको हातमा हुन्छ ।’ समाचारमा उल्लेख छ ।


भूषण राणाले ५ कराेड लिएर भागेकाे उल्लेख गरेपनि काे काेबाट लिएकाे भन्नेबारे भने उल्लेख गरिएकाे छैन ।


गभर्नर नियुक्ति अगाडि कांग्रेस महामन्त्री गगन थापाले गभर्नर नियुक्तिमा प्रधानमन्त्रीकाे बेडसम्म बिचाैलिया पुगेकाे बताएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।