काठमाडौँ । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन: सञ्चालनमा आएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले विराेधका कार्यक्रम फिर्ता लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्राचारपछि प्रदेश सरकारले एक महिनासम्मका लागि नियमावली कार्यान्वयन स्थगन गरेको हाे ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।