काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पार्टी उपाध्यक्ष अग्नि सापकाेटाले वर्तमान सरकार गणतन्त्रकाे कलंक बनेकाे बताएका छन् ।

याे दुई दलिय सरकार निंरकुश, भ्रष्टचार र कुशासनतर्फ बढीरहेकाे बताउँदै आएकाेमा पछिल्ला गतिविधिले याे गणतन्त्रकै कलंक बनेकाे बताए ।


प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिकाे आज काठमाडाैंमा आयाेजित तेस्राे बैठकमा उनले याे सरकारले गरेकाे भ्रष्टाचार र अनियमितताका विषयमा कडा रूपमा प्रस्तुत हुनुपर्ने बताए ।


प्रवक्ता सापकाेटाले जनताले राजतन्त्रकाे कल्पना समेत गर्न नसक्ने बताए । ‘गणतन्त्रकाे विकल्प निरंकुश राजतन्त्र हुनै सक्दैन, जनताले राजतन्त्रकाे कल्पना समेत गर्न सक्दैनन्’ उनले भने, ‘राजावादीकाे हालत के रहेछ भन्ने त जेठ १५ गतेले नै देखाईसकेकाे छ ।’


उनले राजावादीकाे आन्दाेलनमा विदेशी शक्तिकाे चलखेल रहेकाले नजरअन्दाज भने गरिहाल्न नहुने समेत बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।