काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् ।
अन्तर्वार्तामा ट्रम्पलाई जब मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो।’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ रु’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ।’
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो। टेक व्यवसायी मस्क, जसले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए, ले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि यो विवाद त्यसपछि चर्किएको हो ।