काठमाडौं । अनेरास्ववियुको २४ औं महाधिवेशनमा सरकारी कर्मचारी समेत उम्मेद्वार बनेको पाएको छ । दोलखाको भीमेश्वर नगरपालिकाका पशु सेवा सहायक चौथोमा करारमा कार्यरत शंकर पाठक अनेरास्ववियुको चुनाव लड्न लागेका हुन् । उनी बागमती प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्यमा उठेका छन् ।


अनेरास्ववियु निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावली अनुसार उनी बागमती प्रदेशबाट खुला तर्फ उम्मेद्वारी दिएका हुन् ।


प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालले उम्मेद्वार बनेको आफुलाई जानकारी नभएको बताए । उनी करारका कर्मचारी भएपछि निजामति सेवा ऐन अनुसार नै काम गर्नुपर्ने बताए ।


‘एक गाउँ, एक प्राविधिक’ अन्तर्गत उनी विगत लामो समयदेखि काम गर्दै आएका छन् । २०७३ सालदेखि राखिएको उनी त्यतिबेलादेखि नै निरन्तर काम गर्दै आएका छन् । उनको ४० प्रतिशत तलब नेपाल सरकार र ६० प्रतिशत नगरपालिकाले दि ने गरेको छ ।


यो नगरमा कांग्रेसले मेयर जितेको थियो । काग्रेसबाट ईश्वर नारायण मानन्धर मेयर जितेका हुन् भने उपमेयरमा एमालेबाट कमला बस्नेतले चुनाव जितेकी हुन् । नगरमा उपमेयर सहित बहुमत सदस्यमा एमालेका जनप्रतिनिधि छन् ।


उपमेयरको आडमा एमालेका गतिविधिमा उनी सक्रिय रहदै आएको कर्मचारीहरुले बताउने गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।