काठमाडौं । इरानले ह्वाट्सएपले इरानी प्रयोगकर्ताको ुलोकेसन ट्र्याकु गरेको आरोप लगाएको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले मंगलबार एक रिपोर्टमा भनेको छ- इजरायलले यस्ता एपहरूको प्रयोग मानिसहरूको पहिचान गर्न र उनीहरूलाई निशाना बनाउन प्रयोग गरिरहेको छ ।

इरानले ह्वाट्सएपजस्ता एपहरू बन्द गर्न र नचलाउन आग्रह समेत गरेको छ ।

यसको जवाफमा ह्वाट्सएपले यसलाई आफूमाथि लगाइएको झुटो आरोप भनेको छ । यस्ता झुटो आरोप लगाएर एप बन्द गर्ने बहाना बनाउन खोजिएको भन्दै ह्वाट्सएपले चिन्ता जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।