तेहरान । इरानले इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा एक पोस्टमा भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न चेतावनी दिएसँगै खामेनीले ‘युद्ध सुरु भएको समेत जनाएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा बिना सर्त आत्मसमर्पण गर्न’ र ‘इरानी सर्वोच्च नेता लुकेर बसेका छन्’ जस्ता कुराहरू लेखेका थिए ।
ट्रम्पको सो पोस्टको प्रतिक्रियामा खामेनीको यी पोष्ट आएको मानिएको छ । खामेनीले लेखेका छन्, ‘हामीले आतङ्ककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौँ ।’
Comments







