काठमाडौँ । प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन् ।

अवराेधपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइदिएका थिए ।

प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसद् बाहिर निस्के । त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन ?’ भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे – ‘मज्जा लाग्यो ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।