काठमाडाैं । अमेरिकी पनि इजरायल इरान युद्वमा प्रत्यक्ष सहभागी भएकाे छ । अमेरिकी सेनाले इरानको तीनवटा आणविक भट्टीमा आक्रमण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । उनका अनुसार, अमेरिकी सेनाले गएराति इरानको फोर्डो, नतान्ज र इस्फाहानमा रहेका तीनवटा आणविक केन्द्रमा आक्रमण गरेको हो ।
ट्रम्पले ती केन्द्रमा धेरै सफलतापूर्वक हवाई आक्रमण गरेको दाबी गरेका छन्। सबै अमेरिकी विमानहरू इरानी हवाई क्षेत्रबाट सुरक्षित रूपमा बाहिरिएको पनि उनले बताएका छन् । अमेरिकी समाचार संस्था फक्स न्यूजले राष्ट्रपति ट्रम्पको भनाइ उद्धत गर्दै इरानका तीनवटा केन्द्रमा सफतालपूर्वक आक्रमण भएको उल्लेख गरेको छ ।
Comments