काठमाडौं । इरानले अमेरिकी आक्रमणको बदलास्वरुप कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको छ ।
बीबीसीका अनुसार सोमबार इरानी मिडियाले इरानले अमेरिकाको बमवर्षाको प्रतिक्रियामा शक्तिशाली र विजयी आक्रमण सुरु गरेको उल्लेख गरेका छन् ।
इरानको तास्निम एजेन्सीका अनुसार इरानी क्रान्तिकारी सुरक्षाले ती दुई देशमा अवस्थित अमेरिकी सैन्य अखडालाई निशाना बनाएका हुन् । कतारमा पछिल्लो केही मिनेटहरुमा विस्फोटका आवाजहरु सुनिएका थिए ।
कतारकाे गृहमन्त्रालयले स्थिति सामान्य र नियन्त्रणमा रहेकाे जनाएकाे छ ।
कतारस्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई सतर्क रहन सचेत गराएकाे छ ।
यसैबीच कतारले इरान–इजरेलको युद्धका कारण सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अस्थायीरुपमा हवाई उडान बन्द गरेको छ ।
Comments







