काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अहिले सरकारमा छ । दोस्रो दल नेकपा एमालेले सरकारको बागडोर सम्हालिरहेको छ ।
देशकै सबैभन्दा पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउँदा पनि नागरिकमा भने सरकार भएको आभास समेत भएको छैन । सरकारका काम कारबाही झनै विवादित बनेका छन् । सरकारको आलोचना झनै बढेको छ ।
प्रधानमन्त्रीलाई जति साथ दिँदा पनि जनमुखी काम नभएपछि सरकार परिवर्तनको मुडमा कांग्रेस पुगेको पाइएको छ । कांग्रेस नेताहरुले भित्रभित्रै गृहकार्य समेत गर्ने गरेको स्रोत बताउँछ ।
हालै मात्र सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको छ । उक्त छलफलमा सरकारको विषयमा समेत छलफल भएको बुझिएको छ ।
कांग्रेसल तत्काल नै सरकार छाडि जाने भन्दा पनि एमालेलाई साथ दिएर जाँदा राष्ट्र र कांग्रेसकै हितमा कार्य गर्न नसकिएको कांग्रेुसले निष्कर्ष निकाले नेताहरु बताउँछन् ।
सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति पार्टी
नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो मन्त्रीलाई फिर्ता बोलाएको छ ।
पार्टीको आज बसेको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने जानकारी दिइन् ।