‘मिस टिन एसईई–२०१७’ प्रतियोगिताको तेस्रो संस्करणमा इशा न्यौपानेले उपाधि जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा ललितपुर इमाडोलकी ईशाले फेसबुक च्वाइस र ब्युटी विथ पर्पसको उपाधि पनि जितेकी छन् ।
स्टार वान इन्टरटेनमेन्टद्वारा आयोजित सो प्रतियोगितामा पुष्पिका चालिसे फस्ट रनरअपसहित मस्ट पपुलर, टेनिसा बजगार्इं सेकेन्ड रनरअपसहित मस्ट फोटोजेनिक र रोजिना गुरुङ थर्ड रनरअपसहित बेस्ट हेयर घोषित भइन् ।
अन्य उपाधितर्फ दीपिका रेग्मी युथ विथ रेसपोन्सिबिलिटी, अनिशा श्रेष्ठ बेस्ट स्पिच, ईभनास्य अधिकारी फेसन आइकन, सुजा तामाङ मस्ट डिजर्भिङ, सुष्मा तामाङ मिस ब्युटिफुल, पलिजा मानन्धर बेस्ट डान्सर घोषित भए । सोही क्रममा गीताञ्जली बस्नेत मस्ट चार्मिङ, कर्मा वङ्जी गुरुङ भ्युअर्स च्वाइस, सुदीक्षा देवकोटा बेस्ट फिजिक, बन्दना सुनुवार सोसल वेलफेयर एम्बेसडर र प्रकृति पौडेल बेस्ट पर्सनालिटी घोषित भए । कार्यक्रमको कोरियोग्राफी आश्विनी झाले गरेका हुन् ।
यस्तै निकिता कार्कीलाई मिस क्याटवाक, स्वस्तिका राय क्षत्रीलाई बेस्ट डिसिप्लिन, सुमी उप्रेती र मेरिना शाहलाई मिस कन्जिनियालिटी, मुस्कान अग्रवाललाई मस्ट क्रिएटिभ, स्वस्तिका खड्गीलाई बेस्ट स्माइल, श्रीषा शाक्यलाई बेस्ट फिटनेस, फुरा याङ्जी शेर्पालाई मिस ट्यालेन्टको उपाधि प्रदान गरियो ।
Comments