काठमाडौं ७ असार ।

आज विश्व योगा दिवस । योगा दिवस आज धेरैले सामाजिक सञ्जालमार्फत पनि मनाएका छन् ।

योगा आशनका विभिन्न पोजहरु फेसबुकमा पोष्टिएर शुभकामना दिँदै धेरैले योगा मनाएका हुन् । 
यस्तै तरिकाले योगा दिवस मनाउने मध्येका एक हुन पूर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक बाबुराम भट्टराई । उनले पनि अरुले जस्तै एका बिहानै ८ वटा फोटो फेसबुकमा अपलोड गरे अनि आज (जुन २१) विश्व योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, सुख र शान्तिको हार्दिक कामना !नियमित योग गरौं, स्वस्थ र सुखी रहौं ! भनेर पोष्ट गरे ।

रमाइलो कुरो चई के भने भट्टराईले फेसबुकमा फोटो देखाउनकै लागि योगा गरेको उनका विभिन्न पोजहरु हेर्दा देखिन्छ ।
हेर्नुहोस तलका तीन वटा फोटोमा उनको पोजिशन परिवर्तन भएको छैन । उनले आशन परिवर्तन गरे पनि एउटै ठाउँमा गरेका छन् ।
यी तीन वटै फाेटाेमा बाहिरकाे सिन ढाेका देखिन्छ । ढाेका चप्पल रहेकाे छ । साइडमा टेबल कुर्सी समेत देख्न सकिन्छ ।
तर त्यसपछि भट्टरार्इले ठाउँ परिवर्तन गरेर फोटो खिचाएका छन् । उनले सोही म्याट अर्को ठाउँमा सारेर योगा गरेको फोटो खिचाएन समेत भ्याए ।  हेर्नुहोस् तलका फोटाहरु, पछाडीको सिनमा किताबको र्याक देखिन्छ । अघिल्लो ढोका नजिकै योगा गरेको फोटो खिचाएका थिए ।

माथिको फोटोका पछाडी दराजसँगै फोहोरको डस्बिन आएपछि अर्को फोटो डस्बिन हटाएर खिचाएका छन् । त्यसपछि भने उनले फेरि विभिन्न आशनमा योगा गरेको फोटा खिचाउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।