काठमाडौँ । ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम ठगीमा संलग्न एक आरोपीले प्रहरी देख्न साथ आइफोन नै फुटाएको पाइएको छ । उनले प्रमाण नष्ट गर्ने प्रयोजनका लागि आईफोन नै फुटाएका हुन् ।

प्रहरीले ज्योति बहादुर भण्डारीसँग ‘कनेक्सन’ देखिएका दुई जना आरोपीमाथि समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

असार ४ मा इन्टरपोलको सहयोगमा प्रहरीले भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । भण्डारीसँग ‘कनेक्सन’ देखिएपछि बर्दिया घर भएका सुरेश अधिकारी र धादिङ घर भएका सुवास खत्री छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित उक्त सहकारीको रकम ठगीमा संलग्न मुख्य आरोपीसँग सम्पर्क देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली सुवास खत्रीलाई खोज्दै अनामनगर पुगेको थियो । ब्युरोको टोलीले उनलाई भेटेर भने, ‘हामी प्रहरी हौँ, तपाईंको पक्राउ पुर्जी आएको छ, हामीसँग जानुपर्छ ।’

असार १५ मा प्रहरीले हतकडी लगाउनुअघि सुवास खत्रीले आफ्नो मोबाइल फुटाए । उनले आइफोन १६ फुटपाथमा पछारेर फुटाएका हुन् ।

विदेशमा बस्दै आएका ज्योति भण्डारीलाई खत्रीले ठगीको रकम हुन्डीबाट पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।