स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघकोले जारी गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा सुन २४ सय रूपैयाँले घटेको हो। बुधबार तोलाको एक लाख ९७ हजार ६ सय रूपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ९५ हजार दुई सयमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार २३ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार २३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ८१ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३९ सय ७ अमेरिकी डलर पुगेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।