पार्किङको नाममा छाया सेन्टरको लुट, आफ्नै ग्राहकसँग महँगो असुली

काठमाडौं । काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरले पार्किङको नाममा ग्राहकहरूमाथि लुट मच्चाएको पाइएको छ । छाँया सेन्टर म्यानेजमेन्ट लिमिटेडको नाममा दुई पाङ्ग्रे सवारीसाधनका लागि प्रत्येक घण्टामा रू. ३० र चार पाङ्ग्रे सवारीका लागि रू. ८० शुल्क लिइन्छ।

अझ अचम्मको कुरा त के छ भने एक घण्टापछि प्रत्येक थप १५ मिनेटका लागि दुई पाङ्ग्रे सवारीले रू. १० र चार पाङ्ग्रे सवारीले रू. २० तिर्नुपर्ने व्यवस्था गरिएको छ। यसले छोटो समयमा किनमेल गर्न गएका ग्राहकहरूलाई पनि भारी शुल्क तिर्न बाध्य बनाएको छ। जबकी त्यहाँ जानेहरु छाँया सेन्टरकै ग्राहक हुन् ।

अझ उदेक लाग्दो त के छ भने पार्किङ टिकट हराएको खण्डमा रू. २०० जरिवाना तोकिएको छ । ग्राहकहरूले किनमेल गर्न आउदा पनि सजाय भोग्नु परेको भन्दै मनपरी महँगो पार्किङ शुल्क लिदा पनि सम्बन्धि निकाए मुकदर्शक बस्नु दु:खद भएको बताए ।
सार्वजनिक स्थलहरु सुपरमार्केट, सिनेमा हल र रेष्टुराँ रहेको यो सेन्टरभित्र आफ्नै ग्राहकसंग यस्तो किसिमको असुली व्यवहार गरिएकोप्रति उपभोक्ता अधिकारकर्मीहरूले पनि आपत्ति जनाएका छन्।

ग्राहककै सुविधाको नाममा उनीहरूबाट रकम असुल्नेलाई सरोकारवाला निकायले समयमै नियमन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।