काठमाडाैं । ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटेका छन्।

बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले अग्रवाललाई हाजिर जमानीमा रिहा गरेको हो।

उनलाई अहिले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएकाले हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

‘हाजिर जमानीमा भएपनि उहाँमाथि अनुसन्धान भइरहेकै हुन्छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन ल्याएपछि मुद्दा जाने/नजाने त्यही प्रतिवेदन हेरेर निर्णय हुन्छ,’ उनले भने।

गत शुक्रबार जिल्ला अदालत काठमाडौंबाट चार दिन हिरासतमा राख्न अनुमति लिएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।