दाङमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।

प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो ।

ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...