ललितपुर । ललितपुर महानगरपालिकाले ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र समयमा नै नविकरण गर्न अनुरोध गरेको छ ।

समयमा नै इजाजत पत्र नविकरण नगरेमा स्वतः खारेज हुने पनि महानगरपालिकाले जनाएको छ ।

‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधिको दफा ६ बमोजिम इजाजतपत्र प्राप्त गरेका व्यवसायीहरुले उक्त कार्यविधिको दफा ९ को उपदफा २ बमोजिम आफ्नो इजाजत पत्र आर्थिक वर्ष समाप्त भएको ३ महिनजाभित्र नियमानुसार दस्तुर तिरी नविकरण गर्नुपर्ने र सो समय सिमा भित्र नविकरण नगरेमा उपदफा ४ अनुसार थप दस्तुर तिरी म्याद नाघेको ६ महिना चैत महिनाभित्र नविकरण गरिने व्यवस्था भएको महानगरपालिका, पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदिप पौडेलले बताएका छन् । उक्त समयभित्र नविकरण नगरे स्वत इजाजत पत्र खारेज हुने उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।