काठमाडौं । काठमाडौं महानगरद्धारा कक्षा ११ र १२ को छात्रवृत्ति “wrap up” को अन्तिम मनोनयनका पुनः आवेदन दिने आज अन्तिम दिन हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आजसम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ । त्यसका लागि entrance.kathmandu.gov.np मा गएर सिम्बोल नम्बर जन्म मिति र पासवर्ड प्रयोग गरी पुनः आवेदन पेश गर्न सकिने जनाएको छ ।

थप सहजताका लागि काठमाडौं महानगरपालिकाले सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ। विद्यार्थीहरूले छात्रवृत्ति र नतिजासम्बन्धी जानकारी निम्न नम्बरहरूमा सम्पर्क गरी वा शिक्षा विभागको हेल्प डेस्क (कार्यालय समयमा मात्रै) मा उपस्थित भएर प्राप्त गर्न सकिने जाएको छ ।

महानगरपालिकाकोे निःशुल्क कल सेन्टर ११८० १६६००१०५५११ शिक्षा विभागः ९७६३७९७४३३, ९७६३७९७४३४, ९७६३७९७९३५ रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।