सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न मध्यपुर ठिमीको अनुरोध

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले सामाजिक सुरक्षा परिचयपत्र समयमा नै नवीकरण गर्न नगरबासीमा अनुरोध छ ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लाभाग्राहीहरुले प्रत्येक वर्षको साउन १ देखि भदौ मसान्तभित्र सम्बन्ध्ति वडा कार्यालयमा आफैं उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचयन नवीकरण गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै नवीकरण गर्न अनुरोध गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ को बजेट वक्तव्यमा साउन १ देखि ७० वर्ष पूरा भएका नागरिकले जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था भएको र हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षितवर्गका जेष्ठ नागरिकको हकमा भत्ता पाउने उमेर यथावत रहेको पनि उल्लेख गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।