भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक ऋण लिन चाहने विद्यार्थीका लागि दरखास्त खुल्ला गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै भक्तपुर नगरपालिका क्षेत्रभित्रका स्थानीय विपन्न विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न शैक्षिक ऋण प्रदान गर्ने भएकाले शैक्षिक ऋण लिन चाहने नगरवासी विद्यार्थीहरुलाई प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिन भित्र कागजातसहित सम्बन्धित वडामा दर्खास्त दिन अनुरोध गरेको छ ।
पालिकाले साउन १६ गते पहिलो पटक सूचना प्रकाशित गरेकाले दरखास्त दिन चाहने विद्यार्थीले साउन ३० भित्र दिईसक्नुपर्नेछ ।

Comments







