काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारीबाट कांग्रेस–एमाले अन्तिम चरणमा पछि हटेका छन् । संसद सचिवालयमा आज दिउँसो १ बजे हटाउने प्रस्ताव दर्ता गर्ने तयारीमा थिए । दुई दलले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।

उपसभामुख रानामगरलाई हटाउने कदमबाट पछि हट्नुको कारण भने कांग्रेसको संस्थापनइतर समूहको असहयोगका कारण असफल भएको खुलेको छ ।

कांग्रेसको शेखर कोइराला समूहले खाली कागजमा हस्ताक्षर गराउनुको प्रयोजन माग गरेपछि उपसभामुख हटाउने प्रयास असफल भएको हो । स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट सांसदलाई फोन गरेर प्रयोजन खुलाइए मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका थिए । त्यसपछि शेखर समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।

शेखर समूहका सबै सांसद काठमाडौंमा उपलब्ध छैनन् भने काठमाडौंमा रहेका केही सांसदले खाली कागजमै हस्ताक्षर समेत गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।