काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यतिमात्र होइन आज धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना छ ।

भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । ‘आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा अलि धेरै पानी पर्ने सम्भावना छ ।’

कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । तर भारी वर्षा सबैतिर एकनासले नभई खण्डित रुपमा हुने उनको भनाइ छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।