काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा हिजो पक्राउ परेका पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
सामाजिक सञ्जाल प्लेटफर्ममार्फत आफूलाई गालीगलौज र चरित्रहत्या प्रयास गरेको आरोपमा एक महिलाले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएपछि पाँडेविरुद्ध पक्राउ पुर्जी भएको थियो । केही दिनअघि नै पक्राउ पुर्जी जारी भए पनि उनी हिजो (बुधबार) आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए ।
पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन् ।
Comments







