काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ ।

निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने लगायत माग राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।