काठमाडौँ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन घेराउ गरेका छन् ।
साे क्रममा सरकारले दमन गरेकाे छ भने गाेली समेत चलाएकाे छ । जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीले चलाएकाे गाेली लागेर ९ जनाको मृत्यु भएको छ ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
Comments

