काडमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अंकले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार २६२ मा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड शून्य दशमलव ०६, व्यापार एक दशमलव ४८ र अन्य समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८२, विकास बैङ्क एक, वित्त एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव ११, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १६, जीवन बीमा र उत्पादन तथा प्रशोधन समूह समान शून्य दशमलव ९८, लघुवित्त शून्य दशमलव ७९ र निर्जीवन बीमा समूह एक दशमलव १० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा शुभम् पावर लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।