काठमाडाैं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशाेर नेपालले महासंघले अहिलेकाे सरकारकाे विराेध गर्न नसकेकाे बताएका छन् ।

महासंघकाे काठमाडाैंमा आज आयाेजित राष्ट्रिय कार्यशाला गाेष्ठीमा बाेल्दै उनले अहिलेकाे सरकारलाई भद्रकाली सरकारकाे संज्ञा समेत दिए । ‘याे भद्रकाली सरकारकाे हामीले प्राेटेस्ट गर्न सकेनाैं, महासंघले प्राेटेस्ट गर्न सकेन ।’ उनले भने ।

पूर्वअध्यक्ष नेपालले अहिले पत्रकारकाे नेता पत्रकारले नछानेर दलका नेताले छान्ने गरेकाे भन्दै आलाेचना समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू सरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी लगायतले पत्रकारिता क्षेत्रकाे विषयमा मन्तव्य राखेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।