नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अख्तियारद्धारा पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकरीलाई बुधबार पक्राउ गरेको हो । भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दाको विषयमा उनी पक्राउ परेका हुन् ।

उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।