कोटेश्वर चोकमा फ्लाइओभर बन्ने, ऋणका लागि जापानसँग सम्झौता

काठमाडौं । कोटेश्वर चोकमा फ्लाइओभर बन्ने भएको छ । उक्त स्थानमा अत्याधिक ट्राफिक जाम हुने गरेकोमा फ्लाइओभर निर्माण पश्चात जाम कम हुनेछ ।

फ्लाइओभर निर्माणका लागि जापानले नेपाललाई करिब ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण दिनेछ । बुधवार अर्थ मन्त्रालयमा ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

ऋण सहायतासँग सम्बन्धित एक्स्चेञ्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह-सचिव डा.धनीराम शर्मा र जापान सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०।२ प्रतिशत ब्याजदर रहनेछ। यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।