Friday, October 2, 2026
21.1 C
Kathmandu
Home समाचार शिक्षामन्त्री पुनले गरे ‘ओलीकाे कुटी’ प्रति व्यंग्य र कटाक्ष

शिक्षामन्त्री पुनले गरे ‘ओलीकाे कुटी’ प्रति व्यंग्य र कटाक्ष

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्।

उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ‘यत्रो ठूलो दरबारको नक्सा’ बनाइदिएको भन्दै कटाक्ष गरेका छन्। उनले यसलाई ‘कहाँसम्मको लापरवाही’ भन्दै व्यंगात्मक रूपमा प्रश्न गरेका छन्।

यो पनि पढ्नुहोस्- ओलीका लागि भव्य भवन बनाउन गुण्डुमा कसले र कसरी दियो एक रोपनी जग्गा !

मन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने भनेर पनि व्यङ्ग्य गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।