काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको दुई दिनपछि कांग्रेस पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको छ ।
कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाएको हो । कांग्रेस यसअघि संसद् पुनर्स्थापनाको पक्षमा नलाग्ने नीतिमा पुगेको थियो ।
एमाले अध्यक्ष ओली गत १९ मंसिरमा देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका थिए । भेटको दुई दिनपछि कांग्रेस पनि संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पुगेको हो ।
कांग्रेसले अहिले पनि संसद् पुनर्स्थापनाको विषयमा औपचारिक रुपमा आफ्नो धारणा राखेको छैन । तर, घुमाउरो पारामा अदालतमा भने रिट दायर गरेको छ । यसअघि नै नेकपा एमालेले पनि रिट निवेदन दिएको छ ।
Comments








